महासभामा जलवायु मुद्दा उठाउन प्रधानमन्त्री न्यूयोर्कतर्फ

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १९:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको विमानबाट दोहा हुँदै न्यूयोर्कतर्फ गएका हुन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा जोखिममा रहेका मुलुकले भोगिरहेका असरका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री शाहसँग प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन), प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन् । महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली न्यूयोर्क पुगिसकेको छ ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री शाह नेपालबाहिर रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×