कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ०६:३०
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

विराटनगर । कोशी प्रदेशमा मनसुन थप सक्रिय हुने संकेत देखिएसँगै वर्षाको मात्रा बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्छ ।

बंगालको खाडीको पश्चिम–मध्य क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यससँगै देशभर मनसुनी वायुको प्रभाव रहने र पश्चिमी वायुको आंशिक प्रभावसमेत देखिने भएकाले मौसम सक्रिय हुने पूर्वानुमान गरिएको हो ।

Advertisement

आज (बुधबार) दिउँसो देशका अधिकांश भू–भागमा मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा समेत वर्षाको सम्भावना छ । कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका केही भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा सुदूरपश्चिमको तराई क्षेत्रमा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान छ ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । राति पनि कोशी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

रातको समयमा कोशी प्रदेशमा वर्षाको मात्रा अझ बढ्न सक्ने पूर्वानुमान छ । कोशीका केही स्थानमा भारी वर्षा हुने तथा पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने देखिएको छ ।

भारी वर्षाका कारण कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा आसपासका तराई क्षेत्रमा गेग्रानसहितको बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ । विशेषगरी खोला तथा नदी आसपास, भिरालो जमिन र पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

वर्षाको असर दैनिक जनजीवनमा समेत पर्न सक्ने जनाइएको छ । कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सम्भावित विपद्का घटनामा उद्धार तथा राहत कार्यसमेत प्रभावित हुन सक्ने भएकाले मौसमको पछिल्लो अवस्था र पूर्वानुमानका बारेमा नियमित जानकारी लिनसमेत आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा
यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
युवालाई बोल्ने कला सिकाउँदै विराटनगर जेसीज
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×