इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ७, बुधबार ०७:०९

विराटनगर । इलामको रोङ गाउँपालिका–५ देवनथापमा मंगलबार साँझ दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

देवनथापबाट झापाको बुद्धशान्तितर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त १२३६ नम्बरको ट्र्याक्टर भित्री सडकखण्डमा आफैं अनियन्त्रित भएर साँझ करिब ७ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ट्रायाक्टर चालक झापाको मेचीनगर नगरपालिका–५ नकलबन्दाका अन्दाजी ४० वर्षीय अमित धिमालको मृत्यु भएको हो ।

धिमाल ट्र्याक्टरको अगाडिको भागले थिचिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार चिप्लो सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.