पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १८:५५

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । दुबईबाट ११३ जना यात्रु बोकेर आएको फ्लाई दुबईको विमान पोखरा विमानस्थलमा बुधबार अवतरण गरेको हो ।

विमानस्थलमा विमानलाई पानीको फोहराले स्वागत गरिएको थियो । पोखरेली तथा यात्रुका आफन्तसमेत विमानस्थल पुगेर यात्रुको स्वागत गरेका थिए । पोखराबाट उक्त विमान १५३ जना यात्रु लिएर दुबई फर्किनेछ ।

Advertisement

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा विमानस्थलबाट फ्लाई दुबईको सेवाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा दैनिक नियमित सेवा सञ्चालन गर्नेछ ।

दुबई विश्वका विभिन्न गन्तव्यका लागि प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखराबाट सुरु भएको सिधा उडानले पर्यटन, व्यवसाय, रोजगारी तथा अध्ययनका लागि दुबई जाने यात्रुलाई सहज हुने बताइएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, सुरक्षा र यात्रु सेवासम्बन्धी तयारी पूरा गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×