एसियाल खेलकुद: नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा 

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १५:५२
एसियाल खेलकुद: नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा 

काठमाडौं । नेपाल २० औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह  ‘बी’ को उपविजेता बन्दै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको हो ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५ ले पराजित गर्‍यो । पहिलो हाफमा १९–१३ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा १५ अंक थप्दा श्रीलंकाले १२ अंक जोडेको थियो ।

Advertisement

नेपालले समूह चरणमा ३ खेलबाट २  जित र २ हारसहित उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालले यसअघि १९ औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा कांस्य पदक जितेको थियो । यसपटक पनि सेमिफाइनल प्रवेशसँगै नेपालले कबड्डीमा लगातार दोस्रो एसियाडमा पदक पक्का गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×