विराटनगर किंग्सको क्याम्पका लागि पाँच खेलाडी छनोट

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार २०:१६
विराटनगर किंग्सको क्याम्पका लागि पाँच खेलाडी छनोट

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले  ‘ड्रिम टु प्ले’ यु–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि छनोट गरेको छ ।
छनोट भएका खेलाडीहरू अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कविराज खत्री र नेपाल यु–१६ का खेलाडी सुयोग भट्टराई रहेका छन् ।

उनीहरू आगामी सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमी, गोरखपुरमा आयोजना हुने विराटनगर किंग्सको तयारी क्याम्पमा सहभागी हुनेछन् ।

Advertisement

क्याम्पका क्रममा पाँचै खेलाडीले विराटनगर किंग्सका अन्य खेलाडीहरूसँगै प्रशिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । प्रशिक्षण तथा अभ्यासका क्रममा उनीहरूको प्रदर्शन, क्षमता, अनुशासन र सम्भावनालाई टोलीका प्रशिक्षकले नजिकबाट मूल्यांकन गर्नेछन् । यी पाँच खेलाडीमध्ये एक जनालाई विराटनगर किंग्सको  ‘आइकोनिक प्लेयर’ का रूपमा छनोट गरिने छ ।

विराटनगर किंग्सले  ‘ड्रिम टु प्ले’ कार्यक्रममार्फत कोशी प्रदेशका ग्रासरुट स्तरका प्रतिभाशाली युवा क्रिकेटरलाई पहिचान गरी व्यावसायिक क्रिकेटको मञ्च प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।  ‘ड्रिम टु प्ले’बाट किंग्सको तयारी क्याम्पसम्मको यात्रा युवा प्रतिभाका लागि ठूलो अवसर भएको विराटनगर किंग्सले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×