पहिरोमा परेर तीन दिनमा १२ जनाको मृत्यु, एक जना बेपत्ता

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार ०८:०४

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा मंगलबार थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासू म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।

Advertisement

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एसपी फणिन्द्र प्रसाईंका अनुसार पहिरोले घर पुरिएपछि उद्धारका क्रममा दुई जनाको शव निकालिएको हो । यसअघि शनिबार पनि ताराखोलामै बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै ताराखोला गाउँपालिकामा मात्रै बाढीपहिरोमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बागलुङमा आइतबार पनि बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको थियो । तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षापछि जिल्लाका विभिन्न क्षेत्रमा पहिरो खस्दा बस्ती प्रभावित भएका छन् । घर तथा सडकमा समेत क्षति पुगेपछि स्थानीय त्रसित बनेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×