एसिया ट्रेलमा सहभागी हुने टोली भियतनाम प्रस्थान

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार २०:३४
 एसिया ट्रेलमा सहभागी हुने टोली भियतनाम प्रस्थान

काठमाडौं । एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय टोली मंगलबार भियतनाम प्रस्थान गरेको छ ।

असोज १५ देखि १८ गतेसम्म हुने ७५ किलोमिटर दूरीको दौडमा अनिता राई, सुनसरी रोकाया, कल्पना बुढा, आङ फुर्वा शेर्पा, राज्यलक्ष्मी रावल, पञ्चराम बुढा, गोपाल तामाङ, होमलाल श्रेष्ठ र धीरबहादुर बुढाले प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा आशिष मिश्र छन् ।

Advertisement

टोलीलाई नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायतले मंगलबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । सोही प्रतियोगितामा सहभागी हुन प्रिया राई भियतनाम पुगिसकेको वरिष्ठ उपाध्यक्ष खत्रीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×