जुडोमा पुनम भारतीय खेलाडीसँग पराजित

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार ११:०९

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन् ।

जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहको खेलमा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भएकी हुन् । यससँगै जुडोमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा हार बेहोरेको छ । हिजो भएको खेलमा नेपालका चार खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।

पहिलो चरणबाटै बाहिरिनेमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् । महिला ५२ केजी तौल समूहमा देवकीमाया पहिलो खेलमै भियतनामकी थि नगान हासँग पराजित भएकी थिइन् । महिला ४८ केजीमा निशा हङकङकी वङ का लीसँग पराजित भएकी थिइन् ।

त्यस्तै, पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग तथा पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भएका थिए । आजै नेपालका सुजन गुरुङले ९० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×