स्वास्थ्य बीमाका लागि पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १८:५०

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण र स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार अब बिमित परिवारले ‘HIB e-Portal’ मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । यस व्यवस्थाले बिमितको पहिचान सुनिश्चित गर्ने, दोहोरो आबद्धता नियन्त्रण गर्ने, केवाईसी अद्यावधिक गर्ने तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत-प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी एक अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । सो कार्यदलले ६० दिनभित्र आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउनुपर्नेछ ।

बोर्ड सचिवालयका अनुसार ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार मान्यता दिने निर्णय पनि भएको छ । यसको पहिलो चरणमा २ हजार १ सय ८९ वटा कस्टमाइज्ड आईसीडी-११ कोडलाई आईएमआईएसमा प्रयोग गरिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×