जेई संक्रमणबाट २८ जनाको मृत्यु, १३१ जना संक्रमित

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १८:०९
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु

काठमाडौं । नेपालमा सन् २०२६ को हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको छ । तीमध्ये १३१ जनामा जेई पुष्टि भएको हो ।

प्रतिवेदनअनुसार जेई संक्रमितमध्ये ८७ प्रतिशतले खोप लगाएका छैनन् । हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेको पाइएको महाशाखाले जनाएको छ ।

सरकारले जेई प्रभावित जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान जारी छ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरिएको छ ।

कैलालीमा हालसम्म एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन् । सरकारले नियमित खोपअन्तर्गत १२ महिनाको उमेरमा जेई खोपको एक मात्रा दिने गरेको छ । छुटेको अवस्थामा पाँच वर्षसम्म खोप लगाउन सकिने व्यवस्था छ । जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट जोगिन पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जेई संक्रमणबाट २८ जनाको मृत्यु, १३१ जना संक्रमित
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×