माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार २०:३४

काठमाडौं । आफ्ना माग सम्बोधन नभएको भन्दै छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

प्रोत्साहन भत्ता, समान सेवा सुविधालगायतका माग राख्दै पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायबाट ठोस निर्णय नभएको भन्दै छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्ष समिति, कर्णाली प्रदेशले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिका संयोजक डा. विशाल कार्कीले बिहीबार जारी गरेको विज्ञप्तिमा २४ घण्टे समयसीमा दिँदासमेत माग सम्बोधन नभएपछि आन्दोलनमा जान बाध्य भएको उल्लेख छ । समितिले आफ्ना जायज माग तत्काल सम्बोधन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।

घोषित कार्यक्रमअनुसार आन्दोलनको पहिलो चरणमा असोज १६ देखि १९ गतेसम्म हरेक दिन बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा धर्ना दिने र कालोपट्टी बाँधेर काम गर्नेछन् । त्यसपछि असोज २० र २१ गते बिहानको सिफ्टमा ओपीडीलगायत गैरआकस्मिक सेवा बहिष्कार गर्ने समितिले जनाएको छ ।

यस अवधिमा पनि माग सम्बोधन नभए अत्यावश्यकबाहेकका अन्य सेवा ठप्प पार्दै अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी दिइएको छ । यद्यपि, आन्दोलनका क्रममा आकस्मिक, आईसीयू र प्रसूति सेवा भने नियमित रूपमा सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×