विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १३:०२

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भदौ १० गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा देखिएको विपद्को सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सरकार निरन्तर परिचालित रहेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरेर विपद् व्यवस्थापनको काम अघि बढाइएको बताए ।

बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता थियो । मुख्यमन्त्रीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्का कारण उत्पन्न अवस्थालाई सामान्य बनाउन सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए । उनले भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु ।’

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी आवश्यक व्यवस्थापनको काम अघि बढाइएको जानकारी दिए । क्षतिको अवस्था पहिचानसँगै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र पुनःस्थापनाका कामलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

विपद्को जोखिम घटाउन सरकारले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको पनि प्रधानमन्त्री शाहले बताए । विशेषगरी हिमपहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र पूर्वाधार विकासमा समेत सरकारले काम गरिरहेको उनले उल्लेख गरेका छन् ।

विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यान जोखिममा राखेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
कांग्रेसमा वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×