९ लाखभन्दा बढीको तस्करीका सामान बरामद

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ११:३१

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँचका क्रममा यात्रुवाहक बसबाट करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरका रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका खाद्यान्न सामग्री मंगलबार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बूढीगंगा गाउँपालिका–५ बाट करिब ४ लाख ९ हजार ४६० रुपैयाँ बराबरका कुर्ता सुरुवाल, बच्चाको जामा, भेस्ट र मोजा बरामद गरेको छ । त्यस्तै, विराटनगर–९ बाट बिलबिजक नभएको ५४० किलोग्राम सुपारी बरामद गरिएको छ । सुपारीको मूल्य करिब २ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–६ बाट करिब ५० हजार रुपैयाँ बराबरका कुर्ता सुरुवाल तथा इलाका प्रहरी कार्यालय शिवगञ्ज झापाले करिब ११ हजार ४ सय रुपैयाँ बराबरका खाद्यान्न सामग्री बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×