
काठमाडौं । थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार आयोगले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, गतिविधि तथा उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेस गरेको हो ।
नेपालको संविधानअनुसार संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।

























