कोशीका तीन जिल्लाबाट ठूलो परिमाण गाँजा बरामद

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १३:२३

विराटनगर । कोशीका तीन जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको २ सय ४४ किलो ७७९ ग्राम गाँजा बरामद गरेको हो ।

उक्त गाँजासहित आमचोक गाउँपालिका–७ का एकराज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका–६ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको बा. १३ च ६२७५ नम्बरको स्कर्पियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरिएको छ ।

यसैगरी मोरङको जहदा गाउँपालिका–१ स्थित धान खेतमा बेवारिसे अवस्थामा रहेको २ सय २० किलो ५० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×