
विराटनगर । कोशी प्रदेशका विभिन्न सात जिल्लाबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र ताप्लेजुङका विभिन्न स्थानबाट उनीहरु मंगलबार पक्राउ परेका हुन् ।
झापाको मेचीनगर नगरपालिका–१० का अभिषेक चौधरीलाई ५ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित धुलाबारी प्रहरीले पक्राउ गरेको हो । मोरङमा केराबारी गाउँपालिका–९ का नवीन राई र केराबारी–१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–५ का रोहित श्रेष्ठ २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । सुनसरीको धरान–१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले धरान–४ का अर्जुन श्रेष्ठ, धरान–७ का दीपक मगर र धरान–१५ का बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्याब्लेटसहित पक्राउ गरेको छ ।
उदयपुरको बेलका नगरपालिका–४ का सविन राई ९०० क्याप्सुल ट्रामाडोलसहित पक्राउ परेका छन् । भोजपुरको आमचोक नगरपालिका–७ का १९ वर्षीय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

























