
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले आज (बुधबार) निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।



















