लुटेरा समूह पक्राउ गर्न प्रहरीले चलायो गोली

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०७:२५

काठमाडौं । लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले काठमाडौंको कोटेश्वरमा गोली चलाएको छ । प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाइएको प्रहरीले जनाएको छ ।

जडिबुटी पुलमुनि लुटपाटमा संलग्न व्यक्तिहरू रहेको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई प्रतिकार गर्दै खुकुरी प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरीले त्यसपछि गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए । घटनामा प्रहरीसहित केही व्यक्ति घाइते भएका छन् ।

घाइते प्रहरी र पक्राउ परेका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको पहिचान तथा घटनामा उनीहरूको संलग्नताका बारेमा थप खुलाउने तयारी भइरहेको एसएसपी घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×