
विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई प्रहरीले कोशीका चार जिल्लाबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी तथा ओखलढुंगाबाट १–१ जना पक्राउ परेका हुन् । बुधबार पक्राउ परेकाबाट ५ वर्ष ३ महिना ११ दिन कैद तथा ३ लाख ३४ हजार ५ सय रुपैयाँ जरिबाना असुल भएको प्रहरीले जनाएको छ ।



















