ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ०६:१९

विराटनगर । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक अर्की महिला घाइते भएकी छन् ।

पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ भएको दुर्घटनामा दमक नगरपालिका–१२ की ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको हो । दुर्घटनामा कमल गाउँपालिका–५ की ४५ वर्षीया अमृता थापा मगर घाइते भएकी छन् ।

प्रहरीका अनुसार दुर्गापुरस्थित सहिद गेटअगाडि साँझ करिब ५ः४५ बजेतिर लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशामा गइरहेको कोशी प्रदेश ०१–०२० प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट दुवै महिला घाइते भएका थिए ।

अम्बिकाको टाउको, कम्मर र दाहिने हातमा चोट लागेको थियो । नाकबाट समेत रगत बगेको अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घाइते अमृताको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक, स्कुटर र ट्रक चालक इलाम नगरपालिका–१० का ३६ वर्षीय छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गामा तथा स्कुटरलाई अस्थायी प्रहरी बिट दुर्गापुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशीको नाम फेर्न एकतिहाइले प्रस्ताव ल्याउन सक्ने, समर्थन दुईतिहाइको चाहिने
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने
ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते
घटस्थापनासँगै दसैँको उल्लास सुरु, घरघरमा जमरा राखिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×