पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ०६:२६
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशका पहाडी तथा हिमाली क्षेत्रमा आज (आइतबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदलीको अवस्था रहेको छ । हाल हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ ।

आइतबार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतः मौसम सफा रहने अनुमान छ ।

राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशीको नाम फेर्न एकतिहाइले प्रस्ताव ल्याउन सक्ने, समर्थन दुईतिहाइको चाहिने
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने
ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते
घटस्थापनासँगै दसैँको उल्लास सुरु, घरघरमा जमरा राखिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×