बूढीगण्डकी बाढी : ६ जनाको हवाई उद्धार

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १०:३९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बूढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको बताएका हुन् ।

प्रधानमन्त्री शाहका अनुसार उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ । काठमाडौंमा रहेको विपद् प्रतिकार्य टोलीसमेत हवाई साधनमार्फत जगत क्षेत्रमा पुगेको छ ।

बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको धार्चे र चुमनुब्री क्षेत्र प्रभावित भएका छन् । बाढीले निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ । दोभानखोला जलविद्युत् आयोजनाको बेलिब्रिज तथा भवनमा पनि क्षति पुगेको छ । यस्तै, यारुखोलाको बेलिब्रिज र भवनसमेत बाढीले बगाएको छ ।

बाढीका कारण नदी तटीय क्षेत्र र आसपासका बस्तीमा जोखिम बढेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×