८४ लाखभन्दा बढीको चोरी, पाँच जना पक्राउ

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १७:०९

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ स्थित लोकन्थलीबाट सुन र नगद चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानअनुसार असोज १८ गते आरोपीहरूले सुन र नगदसहित ८४ लाख ७६ हजार रुपैयाँ बराबरको चोरी गरेका थिए ।

आरोपीहरूलाई शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ का २८ वर्षीय सिजल तामाङ, दोलखाको भीमेश्वर नगरपालिका–७ की २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ३३ वर्षीय प्रकाश कटुवाल, काठमाडौंका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटका ४५ वर्षीय जितबहादुर विश्वकर्मा छन् ।

प्रहरीले आरोपीहरूको साथबाट चोरी भएको ६ तोला ८९ लाल सुनका गहना र २ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×