यी हुन् बूढीगण्डकी बाढीपछि बेपत्ता भएकाहरु

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १७:४४

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि पाँच जना स्थानीय बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष छन् । उनीहरू चुमनुब्री गाउँपालिका–६ चुन्चेतका बासिन्दा हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजी लामा, ६६ वर्षीया भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा रहेका छन् ।

प्राधिकरणका अनुसार उनीहरू चुम्चेतको उङ्गिलुङस्थित भेडीगोठमा थिए । बूढीगण्डकी नदीमा बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको क्षेत्रमा आइतबार बिहान ठूलो पहिरो गएको थियो । पहिरोले बूढीगण्डकी नदीको बहाव रोकेपछि नदीमा लेदोसहितको ठूलो बाढी आएको प्राधिकरणले जनाएको छ ।

अचानक आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीपछि सम्पर्कविहीन भएका पाँचै जनाको अवस्था अझै स्पष्ट हुन नसकेको र खोजी थालिएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×