मन्दिरबाट मूर्ति र सामान चोरी गरेको आरोपमा युवक पक्राउ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १९:०६

विराटनगर । विराटनगर–१० स्थित संसारीमाई भगवती मन्दिरबाट मूर्ति तथा मन्दिरका सामान चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

शनिबार दिउँसो करिब ४ बजे विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट भारतको जोगबनीतर्फ जाँदै गरेका धनकुटाको पाख्रिबास गाउँपालिका–८ का २४ वर्षीय सुरज विकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, रानीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्न खोज्दा भारततर्फ भाग्न खोजेका विकलाई भारतीय एसएसबीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाइएको छ।

उनको साथबाट दुर्गा भगवतीको मूर्ति तथा मन्दिरका अन्य सामान फेला परेको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उक्त सामान विराटनगर –१० स्थित संसारीमाई भगवती मन्दिरबाट चोरी गरेको खुलेको जनाइएको छ ।

पक्राउ परेका विकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×