प्रहरी दिवस अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयमा वृक्षरोपण

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १३:१३

विराटनगर । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा आज (सोमबार) बिहान कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा वृक्षरोपण गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको हो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मानबहादुर राईलगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरूको सहभागिता थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×