विराटनगरको फेन्सी पसलमा आगलागी, २० लाखको क्षति

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १४:४८
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी  प्रतीकात्मक तस्बिर

विराटनगर । विराटनगर महानगरपालिका–९ काली मन्दिरस्थित एउटा फेन्सी कपडा पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

काली मन्दिरस्थित कन्हैयालाल साहको घरमा भाडामा सञ्चालन हुँदै आएको कुन्दन शाहको जय श्री सम्बोधन फेन्सी कपडा पसलमा आगलागी भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार सोमबार राति कुन समयमा आगलागी भएको हो भन्ने यकिन छैन ।

तर, प्रहरीले घटनाका बारेमा मंगलबार बिहान ७ बजेतिर मात्रै जानकारी पाएको थियो । घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय विराटनगर र सीआरभी घोघापुलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

आगलागीबाट पसलभित्र रहेका कपडाहरू जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×