कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १७:३६

विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएपछि प्रदेशका प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् । विधेयक पारित भएको असोज २४ गतेलाई भाषिक अधिकार र समावेशिताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भन्दै पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विधेयकले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै दलहरूले भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, संस्कृति, सभ्यता, पहिचान र आत्मसम्मानसँग जोडिएको बताएका छन् । उनीहरूका अनुसार विधेयकले भाषिक विविधताको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउनुका साथै राज्यका निकायमा नागरिकको पहुँच सहज बनाउन मद्दत गर्नेछ ।

तर, विधेयक पारित हुनु उपलब्धिको सुरुवात मात्रै भएको भन्दै दलहरूले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । नागरिकले आफ्नै मातृभाषामा सार्वजनिक सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन आवश्यक कानुनी व्यवस्था, बजेट, जनशक्ति, भाषिक स्रोतसाधन र संस्थागत संरचना तयार गर्न प्रदेश सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।

भाषिक विविधताको सम्मान र प्रवर्द्धनमार्फत समावेशी, न्यायपूर्ण तथा ‘स्वच्छ, सुखी र समुन्नत’ कोशी प्रदेश निर्माण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन् । विज्ञप्तिमा यस कार्यमा योगदान पुर्‍याउने प्रदेशसभा सदस्य, प्रदेश सरकार, भाषा आयोग, भाषिक अभियन्ता, विज्ञ, संघसंस्था तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै प्रदेशवासीलाई बधाई दिइएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक हर्कबहादुर नेम्वाङ ‘मिक्सो’, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष रामकुमार थापा र जनता समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष दीपक याक्खाले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×