विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन रोक

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १०:११

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाउने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै विमानस्थल आसपास यस्ता गतिविधि गर्दा हवाई उडानको सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको हो ।

कार्यालयले विमानस्थल आसपासको हवाई आवागमन हुने तथा विमान उडान र अवतरण गर्ने क्षेत्रमा चंगा उडाउने, ड्रोन सञ्चालन गर्ने र बेलुन उडाउनेलगायतका गतिविधि नगर्न तथा नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

सूचनाको अवज्ञा गर्दै निषेधित गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ ।

विमानस्थलको उडान सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न र सुरक्षित हवाई आवागमन सुनिश्चित गर्न कार्यालयले सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित, उजुरीमाथि अध्ययन गरिने
कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित
प्रदेशको समृद्धिका लागि सहकार्यको खाका : एउटाको उत्पादन, अर्काको प्रशोधन र अर्कोबाट निर्यात
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब संकलन
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×