
उदयपुर । काठमाडौंबाट धरानतर्फ गइरहेको यात्री बस मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरकाे त्रियुगा नगरपालिका–७ सुर्खेमा आज (बिहीबार) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो ।
बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

























