एमाले केन्द्रीय कार्यालयको सुरक्षा बढायो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०९:०१

काठमाडौं । सरकारले दिँदै आएको सुरक्षा हटाएपछि नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

एमालेले कार्यालयको सुरक्षाका लागि पूर्वसैनिक तथा पूर्वप्रहरीको टोली परिचालन गरेको छ । साथै, कार्यालय परिसरमा सीसीटीभी क्यामेरा जडान गरी निगरानी बढाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस भएपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाएको हो ।

उनका अनुसार २०४८ सालदेखि सरकारले एमालेको केन्द्रीय कार्यालयलाई उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीबिना हटाइएको थियो । त्यसपछि कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आवतजावत र गतिविधि बढेको पार्टीको भनाइ छ ।

नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा गर्नेछ । सीसीटीभीमार्फत परिसरका गतिविधिमाथि समेत निगरानी राखिने एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×