चाडपर्वमा डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १३:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै चाडपर्वका अवधिमा प्राकृतिक व्यक्तिले एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था असोज ३१ देखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ देखि कात्तिक २९ गतेसम्म लागू हुनेछ। यसअघि प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम १० पटकसम्म मात्रै वालेटमा रकम जम्मा गर्न पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबार घटाउँदै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसअघि पनि केन्द्रीय बैंकले दसैँलगायतका चाडपर्वमा दक्षिणा दिँदा डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरेको थियो ।

वालेटमा रकम जम्मा गर्ने सीमा बढेसँगै चाडपर्वका बेला डिजिटल कारोबार गर्न सहज हुने र नगदको प्रयोग घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
दसैँमा गाउँ फर्किनेको लर्को
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×