
काठमाडौं। क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गरेका छन् । ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खैरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन् ।
उपलब्ध विवरणअनुसार, उनी नेपालमा नृत्य विषयमा विद्यावारिधि हासिल गर्ने पहिलो नेपाली हुन् ।
रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन तथा प्रशिक्षण लिएका छन् ।
उनले लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आर्ट्सबाट नृत्यमा स्नातक र भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर गरेका हुन् ।

























