एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १९:१२
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार

विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट माध्यमिक विद्यालयको मन्टेश्वरी तहका विद्यार्थीले नेपाली चाडपर्व, संस्कृति र संस्कारको महत्त्व बुझाउने उद्देश्यले विविध पर्वलक्षित विशेष कार्यक्रम प्रस्तुत गरेका छन् ।

दसैँ, तिहार, नेपाल सम्वत्, म्ह पूजा र छठलगायतका पर्वलाई लक्षित गरी आयोजित कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १ सम्मका २५० जना विद्यार्थी सहभागी भएका थिए । पाठ्यक्रममा चाडपर्वबारे उल्लेख भए पनि तिनलाई व्यवहारमा कसरी मनाइन्छ भन्ने ज्ञान दिन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीलाई नवरात्रिमा पूजा गरिने दुर्गा माताका विभिन्न स्वरूपमा सजाएर पूजा गरिएको थियो । दसैँमा गरिने पूजा आराधना तथा मनोरञ्जनात्मक गतिविधिमा समेत विद्यार्थी सहभागी भएका थिए । त्यसैगरी म्ह पूजाको विधि, तिहारमा गरिने विभिन्न संस्कार र छठ पर्वका गतिविधि विद्यार्थीले प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले चाडपर्व नेपाली समाजका संस्कृति र संस्कारका अभिन्न अंग भएकाले तिनको संरक्षणका लागि बालबालिकालाई सानैदेखि व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताए । पूर्वीय दर्शनमा आधारित नेपाली संस्कार र संस्कृतिलाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

‘हाम्रो कला, धर्म र संस्कृति जोगाउनुपर्छ । त्यसका लागि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले प्रयोगात्मक रूपमा प्रदर्शन गरिएको हो,’ उनले भने ।

विद्यालयले शिक्षासँगै सीप, संस्कार र प्रविधिलाई जोडेर अघि बढिरहेको उल्लेख गर्दै पुरीले किताबी ज्ञानलाई व्यवहारमा उतार्ने अभ्याससमेत गराउँदै आएको बताए । बालबालिकालाई सानैदेखि आफ्ना कला, धर्म, संस्कृति र संस्कारबारे सिकाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

मन्टेश्वरी तहमा गरिएको कार्यक्रम प्रभावकारी देखिएकाले आगामी दिनमा प्राथमिक तहका विद्यार्थीलाई समेत चाडपर्वलक्षित कार्यक्रममार्फत सहभागी गराइने उनले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालय प्रशासन प्रमुख एञ्जिला कोइराला र अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोललगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लागूऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ
लागुऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ
४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक
४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार
इलामको रोङ गाउँपालिकाका ५८ टोल विकास संस्थाको डिजिटल प्रोफाइल तयार
चियाबगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालबाट बाहिरियो यस वर्षको मनसुन, सरदरभन्दा १२ दिन ढिलो
राष्ट्रिय खेलकुदका लागि इलामबाट ६ साइकलिङ खेलाडी छनोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×