विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १२:४९

विराटनगर । विराटनगरस्थित एक विद्यालयमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विराटनगर महानगरपालिका–१० तिनटोलियास्थित माटस बोर्डिङ स्कुलमा बिहीबार बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । स्कुलका सञ्चालक सीएम श्रेष्ठका अनुसार विद्युत् तार सर्ट भएर स्कुलमा आगलागी भएको हो ।

घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो । विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट विद्यालयको भवनमा रहेको कार्यालयका दुई थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान स्टेप्लाइजर र दुई थान कुर्सीका साथै विज्ञान प्रयोगशालामा रहेका विभिन्न सामग्री जलेर नष्ट भएको सञ्चालक श्रेष्ठले बताए ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×