विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार १४:२६
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन

विराटनगर । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा विराटनगरमा शनिबार बिहान विधिपूर्वक पूजाअर्चना गरी फूलपाती भित्र्याइएको छ। विराटनगर–७ स्थित निशानी भगवती मन्दिरमा बिहान ७ः३७ बजेको शुभ साइतमा पूजाआजा गरी फूलपाती भित्र्याइएको हो।

विराटनगरको मेनरोडमा रहेको काली मन्दिरबाट ल्याइएको फूलपातीलाई मोरङ जिल्ला अदालत परिसरमा रहेको निशानी भगवती मन्दिरबाट विधिपूर्वक पूजाआर्चना गरी फूलपाती डोलीमा राखिएको थियो। त्यसपछि डोलीलाई बगलामुखी मन्दिरमा लगेर पूजाआजा गरिएको थियो। बगलामुखी मन्दिरबाट मेनरोडस्थित काली मन्दिर हुँदै पुनः निशानी भगवती मन्दिर पुर्‍याएर पूजाआर्चना गरेपछि फूलपाती बढाइँ गरिएको थियो।

फूलपाती बढाइँ कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, लेखापढी कानुन व्यवसायी, कानुन व्यवसायीलगायत सर्वसाधारणको सहभागिता थियो । फूलपाती भित्र्याउने तथा बढाइँ गर्ने परम्पराले दसैँको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।

विगतका वर्षमा फूलपाती बढाइँका क्रममा बगलामुखी र निशानी भगवती मन्दिरमा बन्दुक पड्काएर सलामी दिने गरिए पनि यस वर्ष नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ब्यान्डमार्फत मात्रै सलामी दिइएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फूलपाती बढाइँमा बन्दुक पड्काएर सलामी दिने परम्परा रोकिएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बन्दुकबाट सलामी दिन माथिल्लो निकायको आदेश आवश्यक पर्ने भए पनि सम्बन्धित निकायबाट आदेश नआएकाले यस वर्ष फायरिङ नगरिएको हो ।

 

तपाइको प्रतिक्रिया
समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको महासंघको ठहर, बिनासर्त रिहाइको माग
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते
ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते
भन्सार छलेर ल्याइएको कपडा सुनसरीमा बरामद
एनपीएलमा अन्तर्राष्ट्रिय नियम लागू गरिने
झापामा तासको खालबाट ६ जना पक्राउ, सवा लाख रुपैयाँ बरामद
सरकारले सार्वजनिक गर्‍यो जेनजी आन्दोलनका घाइतेको विवरण
अत्यावश्यक सेवा दसैँ बिदामा पनि नियमित राख्न निर्देशन
विराटनगरका पोखरेल र पर्वतका न्यौपानेलाई जयपृथ्वीबहादुर सिंह पुरस्कार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×