
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुंगानाले आज (आइतबार) त्यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेटको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यही कात्तिक ९ देखि आगामी मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपीएल हुँदैछ ।

























