क्यानाडासँग नेपाल २४ रनले पराजित

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार १८:५८

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानाडासँग २४ रनले पराजित भएको छ । ओमानको अल अमेरात मैदानमा २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो ।

पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । उसका लागि युवराज समराले सर्वाधिक १०५ रन बनाए । उनले ११ चौका र चार छक्का प्रहार गरे। यस्तै, आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे

नेपालका लागि ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन र एक विकेट लिए ।

यसअघि यही शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानाडालाई २४ रनले हराएको थियो । शनिबारको हारसँगै नेपालले लगातार तेस्रो जित निकाल्ने अवसर गुमाएको छ ।

तपाइको प्रतिक्रिया
क्यानाडासँग नेपाल २४ रनले पराजित
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
चुकेको अवस्थामा सभापतिबाट हटाउनुस् : गगन थापा
चुलाचुली रंगमञ्चको ‘उता घाम यता छाया’ म्युजिक भिडियो सार्वजनिक
समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको महासंघको ठहर, बिनासर्त रिहाइको माग
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते
ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते
भन्सार छलेर ल्याइएको कपडा सुनसरीमा बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×