सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २७८ घाइते

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार १७:११

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २७८ जना घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयले शनिबार सार्वजनिक गरेको २४ घण्टे दुर्घटनासम्बन्धी विवरणअनुसार देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा उक्त मानवीय क्षति भएको हो।

विवरणअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु हुँदा ४० जना घाइते भएका छन्।

गण्डकी प्रदेशमा ५८ जना र मधेश प्रदेशमा ४३ जना घाइते भएका छन्। यसैगरी, बागमती प्रदेशमा २० जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा १९ जना घाइते भएको प्रहरीको विवरणमा उल्लेख छ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा २२ जना घाइते भएका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणले देशभर सवारी दुर्घटनाबाट ठूलो संख्यामा मानिस प्रभावित भइरहेको देखाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×