गुरु पुरोहितबाट टीका ग्रहण गर्दै राष्ट्रपति पौडेल

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ४, बुधबार ०७:३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा आज (बुधबार) बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त कार्यक्रम हुनेछ ।

विगतका वर्षहरूमा राष्ट्रपतिले विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने प्रचलन थियो ।

गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेका कारण सर्वसाधारणलाई टीका लगाइदिने औपचारिक कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको छैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.