अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्डको मूल्य बढ्यो

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ४, बुधबार ०७:२९
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, चिनियाँ युआन र साउदी अरेबियन रियालको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउमा सामान्य वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम भएको छ । त्यस्तै साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा छ । चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसामा स्थिर छ ।

युरोपियन युरोको भाउ बढेर खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा पुगेको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ । अस्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

यता, क्यानेडियन डलरको मूल्यमा भने गिरावट आएको छ। आज यसको खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ । सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा पुगेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×