बिर्तामोडमा आगलागीबाट एकको मृत्यु

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार ०९:५१

झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीमा परी गौरीगञ्ज नगरपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबार बिहान ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको थियो। उक्त क्यान्टिन बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।

आगलागीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त क्यान्टिनमा काम गर्ने तामाङ आगलागीमा परी जलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत आगलागी हुँदा क्षति पुगेको छ। आगो निभाउने क्रममा गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर नष्ट भएको र त्यसबाट करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने भए पनि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
चोरीका तीन मोटरसाइकलसहित युवक पक्राउ
मोटरसाइकलको ठक्करले लेटाङमा वृद्धको मृत्यु
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ
इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×