बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ११:५२
फाइल तस्बिर

काठमाडौं । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव दिएका छन् । विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

मौसमविद् विनोद पोखरेलले धान पाकिसकेको र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्ने अवस्था भए स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउन सुझाव दिएका छन् ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना रहेकाले यात्रा वा ट्रेकिङमा जानेहरूलाई पनि नियमित मौसम अपडेट र आधिकारिक सूचना हेरेर योजना बनाउन उनले आग्रह गरेका छन् ।

पोखरेलका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ । त्यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नुका साथै केही स्थानमा भारी वर्षा हुन सक्छ ।

यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुई प्रणालीको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाउँदा नेपालमा भारी वर्षाको सम्भावना बढ्न सक्ने उनको भनाइ छ ।

पोखरेलले करिब एक महिनाअघि पनि यस्तै प्रणालीका कारण नेपालमा भारी वर्षा भएको स्मरण गराएका छन् । त्यतिबेला पूर्वानुमान गरिएको समयभन्दा एक दिनअघि नै वर्षा सुरु भएकाले यसपटक पनि वर्षा सुरु हुने समय, स्थान र मात्रा फरक पर्न सक्ने उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
निजी तथा पारिवारिक भ्रमणमा रवि लामिछाने भारत प्रस्थान
अर्थमन्त्री वाग्ले भारतमा, विश्व सम्मेलनमा सहभागी हुने
साउदीमा आक्रमण : नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×