निजी तथा पारिवारिक भ्रमणमा रवि लामिछाने भारत प्रस्थान

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १२:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारततर्फ गएका हुन्।

लामिछाने आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए। धनगढीबाट उनीहरू स्थलमार्ग हुँदै भारत जाने कार्यक्रम रहेको छ।

लामिछानेको सचिवालयले उक्त भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा व्याख्या गरेको छ। भ्रमणका क्रममा उनले परिवारसहित भारतका विभिन्न धार्मिक स्थलमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ।

तीनदिने भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरको दर्शन गर्नेछन्।

आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने तीन दिनपछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
निजी तथा पारिवारिक भ्रमणमा रवि लामिछाने भारत प्रस्थान
अर्थमन्त्री वाग्ले भारतमा, विश्व सम्मेलनमा सहभागी हुने
साउदीमा आक्रमण : नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग
ताप्लेजुङमा तीन महिनामै एक करोडभन्दा बढीको खाद्यान्न बिक्री
बिहीबारदेखि आइतबारसम्म झरी पर्ने सम्भावना
साइबर सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट अस्थायी बन्द
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×