चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार २०:४२
 

विराटनगर । सुनसरीको इनरुवामा दुई जनाले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा इनरुवा नगरपालिका–२ का ३९ वर्षीय अकतर खान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको, ढाड र दाहिने हातमा चोट लागेको छ।

बिहीबार राति १०ः५० बजेतिर इनरुवा नगरपालिका–२ मा सोही स्थानका ४० वर्षीय बहाब अन्सारी र ४५ वर्षीय नवाब अन्सारीले खानमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घाइते खानलाई जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल रेफर गरिएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न नवाब अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बहाब अन्सारीको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×