मापसे र लापसे गर्ने १,०३७ चालक कारबाहीमा

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १६:४०

काठमाडौं । बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालक कारबाहीमा परेका हुन् ।

कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गर्ने चालकमा ५९ जना सार्वजनिक सवारीसाधनका चालक छन् । लापसे गरी सवारी चलाउने ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले बताए । चाडपर्वमा यात्रुको आवागमन र सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न निगरानी र चेकजाँच तीव्र पारिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले चालकलाई मादक तथा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, नियम पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×