सुनको मूल्य एकैदिन ११ हजार ६ सय रुपैयाँले घट्यो

Share this
818shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ११:२८
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ ।

दसैँ बिदाअघि असोज ३० गते शुक्रबार प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आइतबार २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १९५ रुपैयाँले घटेर ३ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ३ सय ९१ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×