
काठमाडौं । देशका विभिन्न जिल्लामा गएको २४ घण्टामा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ती दुर्घटनामा १४१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ललितपुर, मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट र बाँकेमा दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका हुन् ।
घाइतेमध्ये कोशी प्रदेशमा सबैभन्दा बढी ४२ जना छन् । मधेस प्रदेशमा ३८, लुम्बिनीमा ३२, बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका जिल्लामा ८, सुदूरपश्चिममा ८, गण्डकीमा ५, काठमाडौं उपत्यकामा ५ र कर्णाली प्रदेशमा ३ जना घाइते भएका प्रहरीले जनाएको छ ।




















