पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १०:५९
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा मृत फेला परेका छन् । शुक्रबार घरबाट स्कुटर लिएर निस्किएका ५१ वर्षीय खत्रीको शव शनिबार अपराह्न ३ बजेतिर जंगलभित्रको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–३ का खत्रीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।

एसपी कटवालका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे घरबाट स्कुटर लिएर निस्किएका थिए । परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी घरबाट निस्किएपछि सम्पर्कमा आएका थिएनन् । शनिबार अपराह्न करिब साढे ३ बजे जंगलमा शव फेला परे पनि परिवारका सदस्यले पहिचान गरेपछि साँझ करिब ७ बजे मात्रै मृतकको सनाखत भएको थियो ।

खत्रीले प्रयोग गरेको स्कुटर भने हालसम्म फेला परेको छैन । घटनाको कारण खुल्न नसकेको र विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको एसपी कटवालले बताए ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र घटनासम्बन्धी थप अनुसन्धानपछि मृत्युको कारण तथा घटनाका अन्य तथ्य खुल्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
२४ घण्टामा २० विपद्का घटना, आठ जना घाइते
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य एकैदिन ११ हजार ६ सय रुपैयाँले घट्यो
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार
दसैँमा ठूला घटना नभए पनि सवारी दुर्घटना बढेपछि प्रहरीलाई डीआईजी खनालको निर्देशन
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु 
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×